सिरहामा ३ हजार किलो सुपारी बरामद

218
  •  
  •  
  •  

सिरहा, १४ चैत(ओएनएस) : सिरहाको गोलबजार नगरपालिका चोहर्वाबाट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार शुक्रबार राती स.१ त १२७३ नम्बरको ट्रयाकमा लोड गरेर पश्चिमतर्फ लैजाँदै गरिएको ३ हजार १ सय २० किलो सुपारी बरामद गरिएको हो ।

तेस्रो मुलुक तस्करी गर्न खोजेको भन्दा पनि सुपारीको बिलमा अङ्कमा ५५ लाख र अक्षरमा पाँच लाख रुपैयाँ मात्र लेखिएको पाइएकाले नियन्त्रणमा लिई राजश्व कार्यालयमा बुझाउन लागिएको प्रहरी निरीक्षक निरौलाले बताएका थिए । प्रहरीले ट्रयाक्टर र चालकलाई पनि नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •