अरनिको राजमार्ग खुलाउन के गर्दै छ सरकार ?

292
  •  
  •  
  •  

काठमकाडौं, २३ (ओएनएस) ः सरकारले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट क्षति भएको राजमार्ग सुचारु गर्न वैकल्पिक बाटो निर्माणको काम सुरु भएको बताएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा सभामुखसँग समय मागेर भौतिक पूर्वाधार निर्माण मन्त्री विमलेन्द्र निधिले खाडीचौर–लामोसाघु २० किलोमिटर प्रयोग गर्ने बताए ।

दोस्रो विकल्पको रुपमा खाडीचौर पुलबाट ३ किलोमिटर नयाँ बाटो खोल्ने तयारी रहेको मन्त्री निधिले बताए । यसका लागि एक महिना लाग्ने उनले बताए । सुनकोसी बाब्रीमा एक÷एकवटा बेलीब्रीज राखेपछि सबै खाले सबारी साधन चल्न सक्ने उनले बताए । सबैभन्दा छोटो र दिगो विकल्प  खाडीचौर, राम्चे, बाह्रबिसे नयाँ सडक निर्माणको विकल्पमा समेत छलफल भए पनि धेरै उकालो रहेका कारण उपयुक्त नभएको उनले बताए । पानीको बहाव घटन सकेमा साविकको बाटो प्रयोग गर्न सकिने विकल्पमा छलफल भएको छ ।

पहिरोका कारण एक किलोमिटर पहिरोले क्षति गरेको तथा नदी थुनिँदा २ किलोमिटर सडक डुबेको मन्त्री निधिले बताए ।


  •  
  •  
  •