अरब सागरतिरै फर्कियो आँधी

390
  •  
  •  
  •  

नयाँ दिल्ली । पश्चिम भारतको गुजरात राज्यमा समुद्री आँधी ‘वायु’ आउने पूर्वानुमान गरिएपनि आँधीले बाटो फेरेको जनाइएको छ ।

REUTERS

मौसमविद्हरूले जनाए अनुसार सो आँधी अरब सागरतिरै फर्किएको हो ।  आँधी आउने पूर्वानुमान गरिएपछि आँधीबाट प्रभावित पर्न सक्ने क्षेत्रका झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।
तटीय क्षेत्रमा भने हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन् ।

गुजरात राज्य तथा दमन र दिऊ क्षेत्रलाई अझै उच्च सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तटीय क्षेत्रमा आएपछि आँधीको वेग प्रतिघण्टा १७० किलोमिटर जति हुने अनुमान गरिएको थियो ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन समेत आग्रह गरेका थिए ।
रेल तथा हवाई उडान सेवाका साथै विद्यालयहरु तत्कालका लागि बन्द गरिएको थियो ।

यो पनि हेर्नुहोस्

भारतमा आँधीको चेतावनी


  •  
  •  
  •