अप्रील

125
  •  
  •  
  •  

अस्ति भर्खर आएको थियो ।
आज बिहान फेरी आयो ।
पख्नुस अब दुईमहिनापछि


खासमा फेरि अर्को अप्रील आउने छ
र, मिर्मिरे उज्यालो नहुँदै अप्रीलवाला मित्र हाम्रो हेड्सर भएर यतै आइपुग्ने छन् ।
अप्रीलपछि मे जुन जुलाइ आउँछ
अर्थात
जेठ असारपछि साउनको भेल आउँछ
साउनको भेलले के के कुडा कर्कट बगाएर ल्याउँछ
यहि बेला टारी बारी र खेतमा
गाउँबेसि र शहरमा प्लटिङ गर्न बाँकी
टुँडिखेलहरुमा हरियाली पनि छाउँछ
सबैतिर हरियालि देखिएपनि
असोज कार्तिकमा धान मात्रै पहेल्पुर हुने हो
अरु सबै त्यसै सुकिजाने न हो
हरियो देखिने जति सबैलाई धान नमानौँ
अप्रील वा साउनमा बगिआउने
सबै कुडा कर्कटलाइ शान नमानौँ
उसको चाकडिमा खादा लिएर
दुई देशको पवित्र राष्ट्रिय गानको अपमान नगरौँँ ।
पवित्र जुन नसकिँदै फेरि अप्रील आयो
प्रभात नहुँदै नील गगनको जुन कहा हरायो ?
नौलाख तारा लज्जित छन्
आज पुर्णिमाको रातमा पनि चमक्दार जुन कहाँ हरायो ?


  •  
  •  
  •