वाइल्डलाइफ क्राइम ब्यूरोकाे लिष्टमा ३९ अाैँ अपराधीको रुपमा सलमान खानको नाम दर्ता

369
  •  
  •  
  •  

३० चैत्र : वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोकाे लिष्टमा ३९ अाैँ अपराधीको रुपमा बलिउड अभिनेता सलमान खानको नाम दर्ता भएकाे छ। सलमान खान अब अपराधीको रुपमा इतिहासमा चिनिने छन् । उनको नाम अपराधीको सूचीमा दर्ता नम्बर ३९ मा दर्ता भएको ब्यूरोले जनाएकाे छ ।

यो सूचीमा ती अपराधीहरु छन् जो संरक्षित जनावरको शिकार, तस्करी वा यस्तै अपराधमा लिप्त पाइएका छन् । भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोले सलमानलाई अपराधीको रुपमा सूचीकृत गरेको हो । सलमानलाई राजस्थानको जोधपुर अदालतले कालो हरिणको शिकार अभियोगमा ५ वर्षको जेल सजाय सुनाएको थियो ।

पर्यावरण र वन मन्त्रालय अन्तर्गत रहने यो ब्यूरोले सेप्टेम्बर २००८ देखि काम सुरु गरेको हो । ब्यूरोले निकै सुस्त गतिमा काम गरिरहेको भारतीय संचारमाध्यमले आरोप लगाएका छन् किनकि १० वर्षमा ब्यूरोले मात्रै ३९ अपराधीलाई सजाय दिलाएको छ । ब्यूरोका ३९ अपराधीमध्ये सबैभन्दा धेरै १५ अपराधी बाघको शिकारसँग सम्बन्धित छन् । सलमान भने हरिण शिकारका एक्ला अपराधी हुन् ।


  •  
  •  
  •