गर्भवती महिलाका लागि बन्यो नयाँ मोबाइल एप्लिकेशन

142
  •  
  •  
  •  

काठमाडौ, १२ साउन(एजेन्सी): गर्भवती महिलाहरूलाई सुझाव दिनका लागि नयाँ एप्लिकेशन ‘ग्लो नर्चर’ निर्माण भएको छ । उक्त एप्लिकेशन युक्रेनका एक वैज्ञानिकले निर्माण गरेका हुन् । पेपालका फाउण्डर र युक्रेनको वैज्ञानिक म्याक्स लेवचिनले एक नयाँ एप्लिकेशन अपडेट गरेका छन् यसले महिलाहरूको प्रसवभन्दा पूर्वक अपनाउनुपर्ने सुझावहरू दिने गर्छ ।

pregnant-womenयो अपडेटेड एप्लिकेशन प्रसवपूर्वको खान-पानका तरिकाहरूबारे जानकारी दिन्छ । साथै एक यस्तो समूहमा सामेल गराउँछ जहाँ अन्य गर्भवती महिलाहरू पनि समावेश हुन्छन् र उनीहरूले एक-अर्काको अनुभव साटासाट गर्छन् । ‘ग्लो नर्चर’को वेबसाइटमा यो लेखिएको छ की यो एप्लिकेशनले गर्भवती महिलाहरूको हरेक उत्सुकतालाइ शान्त गर्न सक्छ साथै प्रसवपूर्वका हरेक सुझावहरू दिन्छ ।

यो एप्लिकेशनले डेलिभरी समय पत्ता लगाउन समेत मद्दत गर्छ साथै प्रतिदिन गर्भमा हुर्किरहेको बच्चाको विकासको जानकारी पनि दिने गर्छ । एक पटक ग्लो नर्चरमा लग इन गरेपछि प्रयोगकर्ताले त्यहाँ आफ्ना व्यक्तिगत विवरण, लक्षणहरू रेकर्ड गर्न सक्छन् । यसपछि यो एप्लिकेशनले अन्य गर्भवती महिलाहरूसँग रेकर्ड गरिएको डाटासँग तुलना गर्छ। यदी यसरी तुलना गर्दा अध्ययनका समयमा केही महत्वपूर्ण जानकारी प्राप्त भयो भने एप्लिकेशनले प्रयोगकर्तालाई आफ्नो चिकित्सकलाई भेट्नका लागी सल्लाह दिन्छ । यी जानकारीहरू मोबाइलमा नै हेर्न सकिन्छ ।


  •  
  •  
  •