काठमाडौ/पुस(एजेन्सी) : अघिल्लो वर्ष आफ्नो आईफोन ६ र ६ प्लसको साथै आईओएस ८ मा आउने विवादका कारण चर्चामा रहेको थियो । एप्पल कम्पनी पुन एकपटक विवादमा जोडिएको छ । एप्पलका विरूद्ध एप्पलले गलत इन्टरनल मेमोरीको जानकारी दिएको भन्दै मुद्धा दर्ता गरिएको छ । आईफोन र बाँकी आईओएस डिभाइसमा नयाँ अपरेटिङ सिस्टम अपडेट गरेपछि प्रयोगकर्तालाई कम मेमोरी रहेको छ ।
सिलिकन बीटको रिपोर्टका अनुसार एप्पल कम्पनीले अपरेटिंग सिस्टम अपग्रेड गरेपछि कति मेमोरी हुन्छ त्यसबारे कुनै जानकारी दिएको छैन् । केही प्रयोगकर्ताले सन् २०१३ मा सार्वजनिक गरिएको आईफोन ५ एस मा जब नयाँ अपरेटिंग सिस्टम अपग्रेड गरिएको थियो, तब प्रयोगकर्ताले निकै कम मेमोरी पाएको दावी गरेका छन् ।
एप्पलविरूद्ध दर्ता गरिएको मुद्धामा प्रयोगकर्ताले कम्पनीले दिने भने बमोजिमको मेमोरी डिभाइसमा नभएको जनाइएको छ । आईफोनको मेमोरीमा १८.१ प्रतिशत र आईप्याडको मेमोरी २३.१ प्रतिशत कम रहेको प्रयोगकर्ताले बताएका छन् ।