एप्पलले जारी गर्यो सेल्स रेकर्ड, ३ महिनामा १८ बिलियन डलर नाफा

116
  •  
  •  
  •  

appleकाठमाडौ, १४ माघ(एजेन्सी) : एप्पल कम्पनीलौ २०१५ भन्दा अगाडि सेल्स रेकर्ड सार्वजनिक गरेको छ । एप्पलले सन् २०१५ मा पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको हो । एक प्रतिवेदनका अनुसार सेप्टेम्बरमा सार्वजनिक भएको वियरेबल वाच पनि यो वर्षको अप्रिल महिनामा बिक्रीमा आउनेछ ।

एप्पलले जारी गरेको सेल्स रेकर्ड अनुसार कम्पनीले होलिडे सीजनमा ७४.५ मिलियन आईफोनहरू बिक्री भएको छ । अघिल्लो वर्ष उक्त समयावधीमा मात्र ६९ मिलियन आईफोन बिक्री भएका थिए । तथ्यांकका अनुसार चीनमा कम्पनीको सेल्स निकै धेरै बढेका कारण पनि यति धेरै आईफोन बिक्री भएको बताइएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष चीनमा आईफोन किन्नेको संख्या ७० प्रतिशतले बढेको छ । वासिङ्टन पोष्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सो बिक्री वितरणका कारण १८ बिलियन डलर नाफा भएको छ ।

वासिंगटन पोष्टका अनुसार मार्केट पोजिशन र नाफामा एप्पल गुगल र माइक्रोसफ्टभन्दा पनि अगाडि रहेको छ । एप्पल कम्पनीको नाफामा चीनमा भएको बिक्री मुख्य कारक मानिएको छ । चीनमा सन् २०१४ को चौथो त्रैमासिकका क्रममा ६२९२ मिलियन डलरको आईफोन बिक्री भएको थियो भने सन् २०१५ को पहिलो त्रैमासिकमा १६ हजार १४४ मिलियन डलरको आईफोन बिक्री भएको बताइएको छ । सन् २०१३ मा एप्पल कम्पनीले चीनमा आफ्नो बिक्री वितरणलाई तिव्रता दिएको थियो ।

आईफोन ६ र ६ प्लसको ठूलो स्क्रिनको लोकप्रियताका कारण एप्पलले ४.७ इन्च र ५।५ एन्चको डिस्प्ले स्क्रिन पहिलो पेश गरेको थियो ।


  •  
  •  
  •