१३ वर्षमा पहिलो पटक एप्पललाई झड्का

181
  •  
  •  
  •  

काठमाडौँ, १५ बैशाख(एजेन्सी) : प्रविधीको संसारमा सर्वाधिक उचाईमा रहेको कम्पनी एप्पललाई १३ वर्षपछि पहिलो पटक घाटा लागेको छ ।

मंगलबार जारी गरिएको तथ्याङक अनुसार कम्पनीको कमाईमा एक त्रैमासिकमा १३ प्रतिशतले घाटा लागेको छ । यसका कारण कम्पनीको चीनमा प्रदर्शन र आईफोनको बिक्रीलाई लिएर बढी विश्वास गरिएकोलाई मानिएको छ । कम्पनीले आईफोनको ब्रिकीमा आएको गिरावटलाई वेवास्ता गर्नुनै प्रमुख कारण रहेको मानिएको छ ।

तथ्यांकका अनुसार पछिल्लो वर्ष यही त्रैमासिकमा एप्पलले ५८ अर्ब डलरको बिक्री गरेको थियो, जुन यो वर्ष घटेर ५० अर्ब डलर भएको छ । एप्पलको बिक्रीमा सन् २००३ पछि पहिलो पटक गिरावट आएको हो ।

यो त्रैमासिकमा एप्पले पाँच करोड १२ लाख आईफोन बेच्यो, जबकि सन् २०१५ को यही अवधीमा कम्पनीले ६ करोड १२ लाख आईफोन बेचेको थियो ।

यसक्रममा चीनमा आईफोनको बिक्रीमा २६ प्रतिशत गिरावट आएको छ । डलर बलियो हुनुले यस्तो भएको हुन सक्ने बताइएको छ ।
यस नतिजाको असर एप्पलको शेयरमा पनि देखिएको छ । एप्पलको शेयरमा पछिल्लो एक वर्षमा २० प्रतिशत कमी आएको छ ।

तर, कम्पनीका कार्यकारी प्रमुख टिम कुकले ठूलो अर्थव्यवस्थामा आएको संकटका बाबजुत पनि कम्पनीले राम्रो व्यापार गरेको बताएका छन् ।


  •  
  •  
  •