एप्पल कम्पनीलाई ५ हजार ३८५ करोड जरिवाना

171
  •  
  •  
  •  

appleकाठमाडौ, १४ फागुन(एजेन्सी) : विश्वको सबैभन्दा ठूलो प्रविधिको कम्पनी एप्पलमाथी पेटेन्ट राईट तोडेको आरोपमा ५ हजार ३ सय ८५ करोड जरिवाना लगाइएको छ । एप्पललाई टेक्सासको स्मार्टफ्ल्याशको पेटेन्ट तीन पटकसम्म तोडेको आरोपमा दोषी पाइएपछि उक्त रकम जरिवाना गराइएको हो ।

एप्पलले तोडेका तीन वटै पेटेन्ट आईट्युन्ससँग जोडिएका छन् । स्मार्टफ्ल्यासका अनुसार आइट्युन्सबाट डाउनलोड गेम र गीतको भण्डारन गर्नका लागि एप्पल जुन डाटा व्यवस्थापन र भण्डारन(स्टोरेज) प्रविधीको प्रयोग गरिरहेको छ त्यो स्मार्टफ्ल्यासको हो । एप्पलले यसको प्रयोगको लागी कुनै अनुमति नलिएको स्मार्टफ्ल्यासले जनाएको छ ।

स्मार्टफ्ल्यास पेटेन्ट लाइसेन्सिङ्ग कम्पनी हो । ८ घण्टा भएको बहसपछि न्यायाधिषले एप्पलले यस्तो जानीबुझी गरेर स्विकार गरे । स्मार्टफ्ल्यासले ८ हजार ४ सय ५१ करोड बराबरको क्षतिपूर्ती मागेको थियो । एप्पलले उक्त जरिवाना तिर्न अस्विकार गर्दै त्यस निर्णय विरूद्ध अपिल गर्ने जनाएको छ । यो मुद्धा सन् २०१३ देखि चलिरहेको छ ।

सन् २००० ताका उक्त प्रविधीको निर्माण गर्ने टोलीका एक सदस्य रहेका प्याट्रिक रैसले आगस्टिन फैरूजियालाई यसबारे बताएका थिए । पछि आगस्टिन एप्पलको निर्देशक बनेका थिए । कम्पनीले उक्त पेटेन्स आफ्नो भएको दावी गरेको छ ।

एप्पलले यदी त्यो प्रविधी स्मार्टफ्ल्यासको नै भएको भए पहिले नै किन दावी गरेन । एप्पलले स्मार्टफ्ल्यास उक्त प्रविधीको पेटेन्ट मालिक होइन । यस्तै, उसले रोयल्टी पनि निकै धेरै मागेको छ ।


  •  
  •  
  •