कस्तो छ एप्पलको आइप्याड एयर २ ?

54
  •  
  •  
  •  

apple-ipad-air-2काठमाडौ/ असोज(एजेन्सी) : एप्पलले बिहिबार दुई वटा नयाँ ट्याबलेट आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक गरेको छ । एप्पलले नयाँ आईम्याक र अपरेटिङ सिस्टम योसमाइट ओएस एक्स १०.१० पनि सार्वजनिक गरेको छ ।

यी सार्वजनिक गरिएका सबै उत्पादनमा आइप्याड एयर २ आकर्षणको केन्द्रबिन्दु रहेको छ । कम्पनीले आईप्याड एयर २ विश्वको सबैभन्दा पातलो ट्याबलेट भएको दावी गरेको छ । ६.१ मिमी मोटाई भएको आइप्याड एयर २ पछिल्लो उत्पादनभन्दा १८ प्रतिशत पातलो रहेको छ । आइप्याड एयर २ को पछिल्लो उत्पादनभन्दा ४० प्रतिशत तिव्र पनि छ । तर, विश्वको सबैभन्दा पातलो ग्याजेट भने जियोनीको इलाईफ एस हो, जसको मोटाई ५.५ मिमी छ ।

आईप्याड एयर २ ३ रंगमा बजारमा ल्याइएको छ । यसको वाईफाई मोडेल १६ जीबीको स्पेसको साथमा ६४ हजारमा पाईन्छ भने ६४ जिबीको ६८ हजार ८ सय, १ सय २८ जिबीको ८० हजारमा पाइन्छ ।

आइप्याड एयर २ ट्याबलेटको स्क्रिन पहिले जस्तै ९.७ इन्चको रहेको छ । आइप्याड एयर २ मा अपरेटिङ सिस्टम IOS 8.1 प्रयोग गरिएको छ भने यसमा A8X प्रोसेसर रहेको छ । यसमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।


  •  
  •  
  •