साढे ३५ करोडमा बिक्री भयो स्टिव जब्सको पहिलो कम्प्युटर

218
  •  
  •  
  •  

appleकाठमाडौ, १ पुष(एजेन्सी) :  एप्पलका संस्थापक स्टिव जब्सले आफ्नो करिअरको सुरूवात गरेका दिनमा निर्माण गरेको कम्प्युटर ३६.५ लाख(करिब ३५ करोड ७७ लाख)मा बिक्री भएको छ ।

न्युयोर्कमा क्रिस्टीमार्फत गरिएको लिलामीमा एप्पल-१ मोडेलको ५० दुर्लभ कम्प्युटरमध्येको उक्त कम्प्युटर अमेरिकाका एक व्यक्तिले किनेका हुन् ।

डेली मेलका अनुसार जब्सले सन् १९७६ मा क्यालिफोर्नियाको पालो आटोमा रहेको ग्यारेजमा उक्त कम्प्युटरको निर्माण गरेका थिए । त्यसबेला जब्सका पारिवारिक साथी चार्ली रिकेट्सले उक्त कम्प्युटर ६ सय डलरमा किनेका थिए । केहीदिनपछि रिकेट्सले कम्प्युटरमा केही नयाँ सफ्टवेयर हालेका थिए, जसको लागि जब्बले उनीबाट १ सय ९३ डलर फिस लिएका थिए । यसपछि उक्त कम्प्युटरमा निकै धेरै काम गरिएको थियो ।

सन् २००२ तिर कम्प्युटरको इतिहासमा अनुसन्धानका क्रममा एक छात्रले रिकेट्सबाट उक्त कम्प्युटर किनेका थिए । ती छात्रले उक्त कम्प्युटरमा धेरै परिवर्तनहरू गरेका थिए । कम्प्युटरमा अडियो क्यासेट लगाउने, भिडियो हेर्न मिल्ने गरि कम्प्युटरमा परिवर्तन ल्याएका थिए ।


  •  
  •  
  •