पहिरो पिडितलाई सहयोग गर्न एनआरएनको अपील

209
  •  
  •  
  •  

 

काठमाडौं १९ साउन (ओएनएस) :  गैरआवासीय नेपाली संघले सुनकोशीको बहाबलाई नै थुन्ने गरी सिन्धुपाल्चोक जिल्लाको राम्चेको इटिनी भिरमा गएको पहिरोले पिडितलाई सहयोग गर्न सबै गैरआवासीय नेपालीलाई अपिल गरेको छ । छिटो उद्धार गर्न सरकारसँग पनि आग्रह गरेको छ । ‘यस प्राकृतिक प्रकोपबाट दिवंगत हुनु भएका व्यक्तिहरुका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्माहरुको चीरशान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दछ र यसका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ तथा बेपत्ता भएका व्यक्तिहरुको सकुशलताको लागि कामना गर्दछ ।’ अध्यक्ष शेष घलेले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

बेपत्ता भएका तथा यस प्राकृतिक प्रकोपबाट प्रभावित भएका नागरिकहरुको चा“डो भन्दा चा“डो उद्धारको लागि नेपाल सरकारसंग माग गरिएको छ । ‘विश्वभर फैलिएर रहेका गैरआवासीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक अपिल गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।


  •  
  •  
  •