अफिमसहित पाँच जनालाई पक्राउ

259
  •  
  •  
  •  

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट प्रहरीले १८ किलो ५ सयग्राम अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

बुधबार बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागऔषधसहित कारोवारमा संलग्नलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागूऔषध अफिम पक्राउ गरेको पुष्टि गरे ।

पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन् । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •