काबुलमा आत्मघाती आक्रमण : चार जनाको मृत्यु, कैयौं घाइते

210
  •  
  •  
  •  

kabul

काबुल, १३ भदौ (एनजेन्सी) : अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्युु भएको छ ।

अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाका हिसाबले अति संवेदनशिल रहेको सो क्षेत्रमा आत्मघाती आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । स्थानीसमयाअनुसार मङ्गलबार विहान १० बजे भएको आक्रमण कसले गरेको भन्नेबारे खुलेको छैन ।

भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको हो।


  •  
  •  
  •