सशस्त्रका तीन एआइजीलाई दर्ज्यानी चिन्ह

122
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) : सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नती भएका सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई वन्तले चिन्ह प्रदान गरेका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट श्रेष्ठ, शाही र ओझालाई मन्त्रिपरिषद बैठकले २ असोजमा एआइजीमा बढुवा गरेको थियो ।

महानिरीक्षक वन्तले संगठनमा आवद्ध राष्ट्रसेवकका लागि पदोन्नतीको क्षण गौरवपूर्ण रहने बताए । वन्तले उच्च अनुशासन, व्यावशायीक दक्षता, सेवाप्रतिको निष्ठाका साथ काम गर्न सुझाव दिए ।

संगठनले के दियो र आफूले संगठनलाई के दिएँ भन्ने कुरालाई मनन् गरी आफ्नो नियुक्तिको कार्यक्षेत्रमा सधै देखिने र महसुस हुने ढंगले कार्यसम्पादन गर्नु पर्नेमा महानिरीक्षक वन्तले जोड दिए ।


  •  
  •  
  •  

Comments are closed.