तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी एपीएफ क्लबलाई

481
  •  
  •  
  •  

apf won the national vollyball compititionकाठमाडौं, १९ चैत(ओएनएस) : ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’को उपाधी एपीएफ क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले उपाधी जितेको हो । एपीएफले प्रहरीलाई २५-०८, २५-२३ र २५-२० को अन्तरले पराजित गरेको हो भने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा उपाधी विजेता टोली एपीएफले २ लाख ५० हजार रूपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गरेको छ भने दोस्रो हुने नेपाल पुलिस क्लबले १ लाख ५० हजार रूपैयाँसहित मेडल तथा ट्रफी तथा तेस्रो हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ५० हजार रूपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ ।

कायम मुकायम सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले प्रतियोगिताका विजयी टोली तथा खेलाडीहरूलाई नगर पुरस्कार, पदक तथा ट्रफी प्रदान गरेका छन् ।

best plyaerप्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल एपीएफ क्लबकी उषा बिष्टलाई पुरस्कार स्वरुप स्कुटर प्रदान गरिएको छ । सो समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शीला राईले बिष्टलाई स्कुटरको चावी हस्तान्तरण गरेकी थिइन् ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबकी कोपिला उप्रेती, उत्कृष्ट सर्भर नेपाल एपीएफ क्लबकी नेविका चौधरी, उत्कृष्ट डिफेन्स नेपाल पुलिस क्लबकी शान्ति तामाङ, उत्कृष्ट ब्लकर एपीएफ क्लबकी सरस्वती चौधरी, उत्कृष्ट सेटर पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघकी शशी चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफ क्लबका सुदेश रिमाललाई जनही पाँच हजार रुपैयाँ, ट्रफि तथा सामसुङ मोवाइल र घडी पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी नवप्रतिभा खेलाडीतर्फ नेपाल एपीएफ क्लबकी निशाना बलालले नगद १० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक राईले सुरक्षा निकायले समेत यस प्रकारको प्रतियोगिता गर्दै राष्ट्रिय खेलकुदमा योगदान पुर्याएको बताए । भलिबलको अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका उनले आफ्नो खेल जीवनको स्मरण गर्दै अत्यन्त कठिन अवस्थामा पनि आफुले खेललाई निरन्तरता दिएको चर्चा गर्दै सम्पूर्ण खेलाडीहरुले उच्च मनोबलका साथ खेलक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए ।


  •  
  •  
  •