४ ब्यारेक रहने सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान शिलान्यास

252
  •  
  •  
  •  

काठमाडौं, ११ पुस (ओएनएस) : चीन सरकारको सहयोगमा काठमाडौंको मातातिर्थमा निर्माण हुने राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको शुक्रबार शिलान्यास गरिएको छ ।  शुक्रबार उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र चिनिया विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा निर्माण कार्य आरम्भ गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले भौतिक पूर्वाधार सम्पन्न आधुनिक प्रशिक्षण प्रतिष्ठानको निर्माणपछि सशस्त्र प्रहरी बलले यस प्रतिष्ठान परिसरको पूर्ण रुपमा सदुपयोग गर्दै बलका राष्ट्रसेवकको क्षमता विस्तारका साथै देशमा शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा संगठनले महत्वपूर्ण योगदान पु¥याउने बताए ।
समय सापेक्ष सवल र सक्षम जनशक्ति उत्पादनमा सुविधा सम्पन्न यस प्रतिष्ठानले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले दुवै देश बीचको सुरक्षा समन्वय कार्यमा नयाँ उचाई कायम हुन पुगेको चर्चा गर्दै सहयोगका लागि आभार प्रकट गरे ।

चाइना रेल वे सिसिजु ग्रुप कर्पोरेसनका सु वे हङले त्यसअवसरमा महत्वपूर्ण सहयोग कार्यक्रम अन्तर्गत सुविधासम्पन्न प्रशिक्षण प्रतिष्ठान परिसर निर्माण हुने बताउदै उक्त कर्पोरेशनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका १० भन्दा बढी देशमा ४० भन्दा बढी प्रोजेक्टमा सफलतापूर्वक कार्य सम्पन्न गरेको स्मरण गरे ।

APF 142

उक्त राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्य चीन सरकारको सहयोगमा करीव तीन अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने तथा सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि सशस्त्र प्रहरी बललाई उक्त प्रशिक्षण प्रतिष्ठान हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

काठमाडौंको मातातिर्थमा करीव तीन सय २० रोपनी जग्गामा निर्माण गरिने उक्त प्रशिक्षण प्रतिष्ठान परिसरमा एउटा पाँच तले मुख्य भवनका साथै चारवटा ब्यारेक, एउटा फाइरिङ्ग रेन्ज, दुईतले भवनमा मेस, एउटा क्वार्टर गार्ड, इन्डोर खेलकुद हल, स्वीमीङ्ग पुल, फुटवल ग्राउण्ड, एमटी बिल्डिङ्ग तथा पार्किङ्ग, अडिटोरियम, आठवटा ड्युटी पोष्ट र एउटा माउण्टेनेरिङ्ग पोष्ट लगायतका पूर्वाधारहरु निर्माण गरिने छ ।


  •  
  •  
  •