एपीएफ टोलीद्वारा ४५ किलो गाँजा बरामद

231
  •  
  •  
  •  

पर्सा, १४ कात्तिक(ओएनएस) : सशस्त्र प्रहरी बल सुरक्षा बेस बागेश्वरी तित्रौना पर्साबाट खटिएको एपीएफ टोलीले शुक्रबार करीब ४५ किलो गाँजा बरामद गरेको छ ।

पर्सा जिल्लाको बागेश्वरी गाविस-३ स्थित चैनपुर भन्ने स्थानबाट एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो । प्लाष्टिकको तीनवटा बोरामा रहेको उल्लेखित गाँजा सो बेसबाट गस्तीमा खटिएको एपीएफ टोलीले फेला पारेको थियो ।

एपीएफ टोलीले बरामद गाँजा आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।


  •  
  •  
  •