सशस्त्र भर्ना प्रक्रियामा सिफारिसको संख्या सुन्य

531
  •  
  •  
  •  

काठमाडौ, २७ मंसिर(ओएनएस) : यस वर्ष सशस्त्र प्रहरी बलको नयाँ भर्ना प्रक्रियामा कुनै पनि परिक्षार्थीलाई उत्तीर्ण गर्नका लागि कसैले पनि सिफारिस गरेका छैनन् ।

apf-varnaसशस्त्र प्रहरी बल मुख्यालय हल्चोकको सूचना शाखाले दिएको जानकारी अनुसार यस वर्ष कसैले पनि आफ्ना मानिसलाई उत्तीर्ण गर्नका लागि सिफारिस नगरेको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले भर्ना छनोट कार्यमा कुनै सिफारिस नगर्न तथा कसैको पनि कुनै सिफारिस नसुन्नका लागि मातहत सशस्त्र प्रहरी कर्मचारीलाई नयाँ भर्नाको लागि आवेदन फारम मागेसँगै निर्देशन दिएकोले सिफारिस गर्नेको संख्या सून्य भएको सशस्त्र प्रहरी बलले जनाएको छ । वन्तले कसैले कुनै सिफारिस गरेमा र भर्नामा खटिइनेले अनियमितता गरेमा कारवाही गरिने स्पष्ट पारेपछि सशस्त्र प्रहरी बलमा निष्पक्ष भर्ना छनोट कार्यमा नयाँ भर्नाको परिक्षा प्रणालीमा प्रसस्त सुधार आएको छ ।

apf-varna1भर्ना प्रकृयालाई निष्पक्ष तुल्याउन कसैको सिफारिस नसुन्ने, सबै परिक्षामा उत्तिर्ण हुनुपर्ने, सबै परिक्षाहरू सेवा आयोगका प्रतिनिधिहरूको उपस्थितिमा संचालन गरिने तथा लिखित परिक्षा लोक सेवा आयोगले लिने व्यवस्था मिलाइएको छ । यसैगरी, भर्ना प्रकृयामा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण तालिम, प्ररिक्षार्थीहरुलाई सहयोग पुर्याउन सहायता कक्षको व्यवस्था, परिक्षार्थीलाई आफ्नो नतिजा प्रति चित्त नबुझेमा परिक्षास्थलमै गुनासो सुन्ने व्यवस्था, परिक्षार्थीलाई आवेदन फारमसँगै परिक्षा प्रणालीबारे आधारभूत जानकारी दिने व्यवस्था गरिएको छ ।

apf-varna2यस्तै, परिक्षास्थलमा अनुगमनको व्यवस्थाको साथै कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले परिक्षामा अनियमितता गर्न खोजेमा तत्काल भर्ना प्रकृयाबाट अलग गरी आवश्यक कडा कारबाही गर्ने व्यवस्था समेत मिलाइएको छ । बलको भर्ना छनोट कार्य सशस्त्र प्रहरी सेवा आयोगले गर्ने गर्दछ । भर्ना छनोटको विभिन्न प्रकृतिका परिक्षा संचालनमा सशस्त्र प्रहरी कर्मचारीहरु समेत सहभागी हुनेछन् । भर्ना छनोटको क्रममा हुने लिखित परिक्षा लोकसेवा आयोगले लिने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बलले यस पल्टबाट नयाँ भर्नाको नतिजाबारे परिक्षार्थीलाई छिटो जानकारी दिनको लागि ‘एसएमएस सर्टकोड सेवा’ समेत संचालनमा ल्याएको छ । यो सेवाको उपयोग पछि नयाँ भर्नाका परिक्षार्थीले कष्टपूर्ण तरिकाले परिक्षाको नतिजा हेर्नुपर्ने बाध्यता समेत अन्त्य भएको छ ।

यो सेवा मार्फत आफ्नो नतिजाबारे जानकारी लिनको लागि नेपाल टेलिकमको सीम प्रयोगकर्ताले आरसीटी टाइप गरी आफ्नो दर्ता नम्बर उल्लेख गरेर १११४ मा एसएमएस गर्नुपर्दछ । एसएमएस गरे लगत्तै उसले नतिजाबारे तुरुन्त जानकारी पाउनेछ । साथै आगामी कुन परिक्षा कुन ठाउँमा र कुन समयमा हुन्छ भन्नेबारे सिष्टमले नै तुरुन्त जवाफ पठाउनेछ । नतिजाबारे जानकारी लिन एसएमएस पठाउँदा गलत टाइप भएमा सिष्टमले नै म्यासेज पठाई सहि टाइप गर्न सहयोग गर्नेछ । नतिजाबारे जानकारी पाउन गरिने एसएमएस करबाहेक एक रुपैयाँ एसएमएस गर्नेको खर्च हुन्छ भने सिष्टमले जानकारी दिँदा कुनै खर्च लाग्दैन ।


  •  
  •  
  •