सशस्त्र प्रहरी बल अब्बल सुरक्षा निकाय : गृहमन्त्री गौतम

217
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (ओएनएस) :  उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरी बलका नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु आफ्नो व्यक्तिगत स्वार्थलाई थाँती राखेर शान्ति सुरक्षाका क्षेत्रहरुमा नविन योजना लागू गर्दै अगाडी बढिरहेको बताएका छन् । उनले शान्ति सुरक्षाको क्षेत्रमा योगदान पु-याउँदै आजको दिनसम्म आइपुग्दा सशस्त्र प्रहरी बलले एउटा अब्बल सुरक्षा निकायको रुपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको बताए ।

सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. १० सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै गौतमले शुक्रबार सो कुरा बताएकशा हुन् । दिक्षान्त समारोहलाई सशस्त्र प्रहरी बलले प्रयोगमा ल्याएको निःशुल्क प्रसारण हुने ‘लाइभ भिडियो स्ट्रिमिङ्ग’ बाट सवै एपीएफ इकाईमा काठमाडौं बाहिरबाट पहिलो पल्ट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

गृहमन्त्री गौतमले त्यसअवसरमा सशस्त्र प्रहरी बलले असहज परिस्थितिमा समेत अत्यन्तै क्षमतावान भई पेशागत कौशल प्रदर्शन गरेको इतिहास साक्षी रहेको चर्चा गर्नुहुँदै आज शान्ति एवं संक्रमणकालिन परिस्थितिमा शान्ति सुव्यवस्था कायम राख्न सरकारको भरोषाको केन्द्रको रुपमा पहिचान बनाउँदै नागरिकको वास्तवीक सहयोगी बनेको कुरा सशस्त्र प्रहरी बलको क्रियाकलापबाट प्रष्ट भएको उल्लेख गरे ।

पेशागत जिम्मेवारी निर्वाहमा परिचालित भई सशस्त्र प्रहरी बलले उच्च स्तरको व्यावसायीकता प्रदर्शन गरेको तथा स्वदेश र विदेशमा समेत शान्ति सुरक्षा कार्यमा महत्वपूर्ण योगदान पु-याएको जानकारी सरकारले प्राप्त गरेको कुरा दिक्षान्त समारोहमा उल्लेख गर्नुहुँदै उनले त्यो ज्ञान र सीप नेपाल र नेपालीको सम्पत्तीको रुपमा सधैं रहने चर्चा गरे ।

उपप्रधान तथा गृहमन्त्री गौतमले सरकारले संविधान निर्माण गर्ने क्रममा अधिकतम प्रयास गर्दैस पवित्र आएको बताउनुहुँदै संविधान निर्माणलाई नै यस सरकारले मूल कर्तव्य ठानेको बताए । उनले कार्यमा सवै जनताको सद्भाव एवं निःस्वार्थ सहयोगको आवश्यकता रहेको उल्लेख गरे । उनले यस कार्यमा सवैले सहमति र सहकार्यको संस्कार विकास गर्दै होष्टेमा हैंसे गर्दै अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बलले पहिलो पल्ट अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको व्यावसायीक तालिमको रुपमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज स्थापना एवं तालिम संचालन गर्न लागेको तथा संगठनले पहिलो पल्ट गणपति तालिम समेत संचालन गर्न लागेको बताए ।

मानवअधिकारको उल्लंघन, आर्थिक अनुशासन, लैंगिक हिंसा जस्ता घटनामा सशस्त्र प्रहरी बलले शून्य सहनशीलताको नीति अबलम्बन गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले यस्ता गतिविधिमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारी दोषी देखिएमा व्यक्तिगत रुपमा जिम्मेवार हुनुपर्ने संगठनको स्पष्ट नीति रहेको बताए ।

सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित उक्त तालिममा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटवाल तालिममा सर्वप्रथम भएका छन् । यसैगरी कवाजतर्फ कृष्णकुमार भण्डारी, चाँदमारीतर्फ देवबिक्रम थापा र शारिरिक सहिष्णुतातर्फ निरञ्जन कार्की प्रथम भएका छन् ।

गत वर्ष माघ २६ गतेबाट संचालित उक्त तालिममा कूल २४ जना प्रशिक्षार्थीहरुले सफलता हासिल गरेका छन् । तालिमको दौरानमा फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, मानवअधिकार, विपद व्यवस्थापन, नक्शा अध्ययन, युद्धकला, डाइभिङ, स्वीमीङ, नेतृत्व विकास, प्रतिरक्षात्मक ज्ञान लगायतका विविध विषयमा प्रशिक्षण दिइएको थियो ।


  •  
  •  
  •