एपीएफ टोलीद्वारा चार लाख रुपैयाँ बराबरको सुपारी बरामद

335
  •  
  •  
  •  

झापा, ३ पुस । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले पौष २ गते करीब तीन लाख ९० हजार रुपैयाँ बराबरको चोरीनिकासीको सुपारी बरामद गरेको छ ।

सुपारी झापा जिल्लाको मेचीनगर नगरपालिका १० काँकडभिट्टास्थित विभिन्न नाकाबाट चोरीनिकासी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरी नायव उपरीक्षक रामहरी अधिकारीको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको करीब दुई हजार एक सय के.जी.सुपारी बरामद गरेको हो । बरामद सुपारी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा घाइतेहरुको उद्धार

चितवन । चितवन जिल्लाको दारेचोक गाविस ९ फिस्लिङ्ग भन्ने स्थानमा पौष ३ गते दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरेको छ ।

काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ज २३१५ नम्बरको यात्रुबाहक माइक्रोबस र पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २८९३ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट खटिएको एपीएफ टोलीले घाइतेहरुको उद्धार गरेको थियो ।

सो दुर्घटनामा माइक्रोबसमा सवार ९ जना र बसमा सवार एक जना गरी १० जना यात्रुहरु घाइते भएका थिए ।
एपीएफ टोलीले घाइतेहरुलाई उद्धार गरी तत्कालै उपचारार्थ भरतपुर अस्पतालतर्फ पठाएको छ ।


  •  
  •  
  •