कमललाई पुरुष एकलको उपाधि

177
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस)  : सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलको उपाधि नेपाल पुलिस क्लबका कमल भण्डारीले जितेका छन् ।

नेपाल एपीएफ क्लबको लनटेनिस कोर्टमा मंगलबार पुरुष एकलतर्फको फाइनल खेलमा पुलिसका कमलले एपीएफका जितेन्द्र परियारलाई ६–१ र ६–३ ले पराजित गरी उपाधि जितेका हुन् ।

यसैगरी इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको युगलतर्फको फाइनल खेलमा एपीएफका दुर्जकुमार राई र दुर्गाबहादुर कुवँरको जोडीले नेपाली सेनाका संजय झा र प्रदिप बिक्रम शाहको जोडीलाई ६–३, ३–६ र १०–८ ले पराजित गरी उपाधि हात पारेका छ ।

प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बुधबार समापन, पुरस्कार वितरण तथा महिला एकलतर्फको फाइनल खेल सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्टमा हुनेछ ।


  •  
  •  
  •