सशस्त्र प्रहरी महानिरीक्षक वन्त भारत प्रस्थान

289
  •  
  •  
  •  

काठमाडौं, ४ पुस (ओएनएस) सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त भारतको सशस्त्र सीमा बल (एसएसवी) को ५१ औं वार्षिकोत्सवमा सहभागि हुन शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु दुर्जकुमार राई, जीवनकुमार थापा र सिंहबहादुर श्रेष्ठ लगाएत सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुले विदाई गरे ।
एसएसवीका महानिर्देशक बिडी शर्माले उक्त बार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिको रुपमा निमन्त्रणा गरेपछि सशस्त्र प्रहरी महानिरीक्षक वन्त त्यसतर्फ गएका हुन् ।
बार्षिकोत्वसको अवसरमा पुस ५ र ६ गते हुने ‘सेरोमोनियल परेड’ र डिनरमा उहाँ सहभागि हुने कार्यक्रम रहेको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहको प्रमुख आतिथ्यमा हुने बार्षिकोत्सव कार्यक्रम एसएसवीको २५ औं बटालियन सीमा सुरक्षा बल घितोर्नी नयाँ दिल्लीमा हुने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •