सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस

270
  •  
  •  
  •  

Kosh-Raj-Ontaकाठमाडौँ, २ पुस(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई पदबाट निलम्बन गर्नकालागि सरकारलाई सिफारिस गरेको छ ।

वन्तलाई ढुवानी सम्बन्धी अनियमिततामा छानविन भइरहेकाले उनलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरिएको आयोग स्रोतको भनाई छ । वन्तमाथि सशस्त्र प्रहरी बलको प्रयोगका लागि सामान खरीदका क्रममा नक्कली बील बनाएको आरोपमा छानविन सुरू गरेको बताइएको छ ।

वन्तसँगै सशस्त्र प्रहरीका डिएसपीद्वय सुमनजंग थापा र रामकृष्ण महर्जन र इन्सपेक्टर बीनबहादुर थापालाई पनि निलम्बनको अख्तियारले सिफारिस गरेको छ ।


  •  
  •  
  •