एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु

169
  •  
  •  
  •  

काठमाडौं, १२ फागुन (ओएनएस) :  मंगलबारबाट सुरु ‘एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष युगलतर्फको खेलमा बाराका हसिम मियाँ र शम्भु यादवको जोडीले मकवानपुरका दिवाकर बस्नेत र हरिष जोशीको जोडीलाई २१–१६, १६–२१ र २१–१६ ले पराजित गरेका छन् ।

यस्तै ललितपुरका सन्तोष भट्टराई र दिनेश राईको जोडीले भक्तपुरका सुशील तुचे र सालिकराम गौतमको जोडीलाई २१–११ र २१–१९ ले, महोत्तरीका सुशील श्रेष्ठ र धु्रबबहादुर थापाको जोडीले सप्तरीका सुनिलकुमार परियार र सन्तोष कटवालको जोडीलाई २३–२१ र २१–१७ ले हराए ।

रामेछापका भीमसेन लामा र साजन श्रेष्ठको जोडीले एपीएफका राजनबिक्रम कार्की र गजेन्द्र लिम्बुको जोडीलाई २१–१८ र २१–१० ले तथा एपीएफका रमेश शेर्पा र महेन्द्र ढकालको जोडीले काठमाडौंका राजमान महर्जन र चन्द्र महर्जनको जोडीलाई १७–२१, २१–१८ र २१–१४ ले पराजित गरेको छ ।

यसैगरी सोही इभेन्ट्समा रामेछापका भेषबहादुर श्रेष्ठ र नारायणदास श्रेष्ठको जोडी, बाराका रोमन बिक्रम शाह र मनिष श्रेष्ठको जोडी तथा एपीएफका विजयराज थापा र बालाजी खातीको जोडीले वाकओभर पाएको छ ।

 १७ वर्ष मुनीको पुरुष एकलतर्फको खेलमा सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गले कैलालीका पुष्पा ठकुल्लालाई २१–११ र २१–११ ले पाखा लगाए । मकवानपुरका दिवाकर बस्नेतले एनपीएसका कल्याण अधिकारीलाई २१–१०, २०–२२ र २१–१७ ले, बाँकेका सफल थापाले ग्यालेक्सी स्कुलका विजन राईलाई २१–१२ र २१–१५ ले, ग्यालेक्सी स्कुलकै राहुल तेलीले कञ्चनपुरका सन्तोष पनेरुलाई २१–१८ ले पराजित गरे ।

१७–२१ र २१–१३ ले तथा कञ्चनपुरका मोहन ऐरले ग्यालेक्सी स्कुलका धिरज लामालाई २१–१२ र २१–१० ले पराजित गरेका छन् भने एनपीएसका निश्चल बुढाथोकी र त्रिभुवन आर्मी क्लबका प्रियंशु सिंहले वाकओभर पाएका छन् ।

पुरुष एकलतर्फको खेलमा काठमाडौंका पूर्ण बहादुर थापाले रामेछापका भीमसेन लामालाई २१–६ र २१–११ ले, सप्तरीका सन्तोष कटवालले काठमाडौंका सुशील मिश्रलाई २१–१२ र २१–९ ले, रामेछापका साजन श्रेष्ठले दाङ्गका बुद्धि बस्नेतलाई २१–१२ र २१–१८ ले हराए ।

महोत्तरीका सुशील श्रेष्ठले भक्तपुरका सुशील तुचेलाई २१–१८ र २१–११ ले, एपीएफका सुरेन्द्र बुढाथोकीले रामेछापका भेषबहादुर श्रेष्ठलाई २१–१० र २१–१९ ले, एपीएफका किरणप्रकाश खत्रीले काठमाडौंका अशोक मिश्रलाई २१–१६ र २१–९ ले तथा काठमाडौंका नारायण थापाले एपीएफका धु्रबकुमार खड्कलाई २१–१० र २१–१५ ले पराजित गरेका छन् ।

सोही इभेन्ट्समा सप्तरीका सुनिल परियार, धादिङ्गका राजेन्द्र अधिकारी, दाङ्गका बिक्की बुढा, मकवानपुरका दिवाकर बस्नेत, एपीएफका धर्मबहादुर थापा र काठमाडौंका सरोज महर्जनले वाकओभर पाएका छन् ।

त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय रेफ्री लवभक्त श्रेष्ठलाई सटलकर्क हस्तान्तरण गरी प्रतियोगिताको विधिवत रुपमा सुभारम्भ गरेका थिए ।

सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको स्मृतिमा सशस्त्र प्रहरी बलले वि.सं.२०६१ सालदेखि संचालन गर्दै आएको सो प्रतियोगिता’ को यस संस्करणमा कूल पुरस्कार राशी ६ लाख २० हजार रुपैयाँ रहेको छ । कूल ११ इभेन्ट्स समावेश रहेको उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालन हुने छन् ।


  •  
  •  
  •