कृष्णमोहन ब्याडमिन्टनमा शीर्ष खेलाडीको बर्चश्व

109
  •  
  •  
  •  

काठमाडौं, १५ फागुन (ओएनएस) : एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुष तथा महिला एकलमा शीर्ष वरियताका खेलाडीले बर्चश्व कायम गरेका छन् ।

पुरुष एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्गले एपीएफका सुदिप सेढाईलाई २१–१० र २१–१ ले गर्दै अन्तिम चारमा स्थान पक्का गरे । एपीएफका साजनकृष्ण ताम्राकारले नेपाल पुलिस क्लबका विष्णु कटवाललाई २१–१८ र २१–१२ ले हराएर सेमिफाइनलमा प्रवेश गरे ।

यस्तै त्रिभुवन आर्मी क्लबका दिपेश धामीले सोही क्बलका नविन श्रेष्ठलाई २१–१७, २५–२७ र २१–१३ ले पाखा लगाए । त्रिभुवन आर्मी क्लबकै विकास श्रेष्ठले नेपाल पुलिस क्लबका विजित थापामगरलाई २४–२२ र २१–१० ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरे ।
महिला एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका नङशलदेवी तामाङ्गले नेपाल पुलिस क्लबका शोभा गौचनलाई २१–१२ र २१–१३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरिन । त्रिभुवन आर्मी क्लबकै अमिता गिरीले सोही क्लबका सुनैना मुखियालाई २१–११ र २१–१६ ले हराएर अन्तिम चारमा स्थान पक्का गरिन् ।

त्रिभुवन आर्मी क्लबकै सरादेवी तामाङ्गले सोही क्लबका जेसिका गुरुङ्गलाई २१–१४ र २१–१० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरिन् ।सोही इभेन्ट्मा एपीएफका शिक्षा श्रेष्ठले बाँकेका नेरी थापाबाट रिटायर्ड हर्ट पाई सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

यसैगरी १७ वर्ष मुनीका पुरुष एकलतर्फको खेलमा एपीएफका नीरबिक्रम देवकोटा, बाँकेका रियाज अन्सारी, कैलालीका गौतम कठायत र त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ आ–आफ्ना खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

१७ वर्ष मुनीका महिला एकलतर्फको खेलमा कञ्चनपुरका रन्जना भट्ट, त्रिभुवन आर्मी क्लबका मेघा चन्द, त्रिभुवन आर्मी क्लबकै सुनैना मुखिया र त्रिभुवन आर्मी क्लबका जेसिका गुरुङ्ग सेमिफाइनलमा प्रवेश गरेका छन् ।


  •  
  •  
  •