रत्नजीत र साजनकृष्णको विजयी सुरुआत

180
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) : एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मीका रत्नजीत तामाङ र एपीएफका साजकृष्ण ताम्राकारले विजयी सुरुआत गरेका छन् ।

बुधबार पुरुष एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीतले काठमाडौंका निरन्जन देवकोटालाई २१–९ र २१–१३ ले हराए । कैलालीका गौतम कठायतले झापाका गौरव दाहाललाई २१–१२ र २१–१३ ले पाखा लगाउँदा एपीएफका सुदिप सेढाईले भक्तपुरका रविन घिमासुलाई २१–१७ र २१–१० ले पराजित गरे ।

यस्तै बाँकेका बीलाल वारिसले नेपाल पुलिस क्लबका पुष्प बाँस्कोटालाई २१–१३ र २१–१५ ले हराउँदा एपीएफका साजनकृष्ण ताम्राकारले त्रिभुवन आर्मी क्लबका विशाल तामाङ्गलाई २१–११ र २१–९ ले सजिल पन्छाए ।

अन्य खेलमा कैलालीका सन्जिव खड्काले एपीएफका नीरबिक्रम देवकोटालाई नेपालका विष्णु कटवालले काठमाडौंका पूर्णबहादुर थापालाई, एपीएफका जोसेफ अधिकारीले सुनसरीका सुजन श्रेष्ठलाई, एपीएफका सुमन लिम्बुले झापाका दिपक घिमिरेलाई पराजित गरे ।

अन्य खेलमा आर्मीका दिपेश धामीले बाँकेका रियाज अन्सारीलाई, नेपालका विजित थापामगरले सुनसरीका प्रकाश लिम्बुलाई, एपीएफका इन्द्र महताले धादिङ्गका हरि गोतामेलाईले र आर्मी क्लबका नविन श्रेष्ठले काठमाडौंका तीर्थ मल्ललाई हराए ।

यस्तै नेपाल पुलिस क्लबका दिपक बोहराले झापाका निर्भिक सिग्देललाई र आर्मी क्लबका विकास श्रेष्ठले भक्तपुरका सविन बीरबललाई हराउँदा कैलालीका भरत भट्टले वाकओभर पाएका छन् ।

महिला एकलतर्फको खेलमा बाँकेका नेरी थापाले झापाका स्वेता गिरीलाई २१–११ र २१–१२ ले, त्रिभुवन आर्मी क्लबका अनु राईले झापाका सपना श्रेष्ठलाई २१–७ र २१–६ ले, बाँकेका सम्झना शर्माले सुनसरीका सीता राईलाई २१–१० र २१–१३ ले तथा गुल्मीका ज्ञानु बरालले सुनसरीका सुष्मा राईलाई २१–८ र २१–१० ले पराजित गरेका छन् ।


  •  
  •  
  •