एपीएफ टोलीद्वारा विभिन्न देशका मुद्रासहित एक पक्राउ

383
  •  
  •  
  •  

नवलपरासी, १५ कात्तिक(ओएनएस) : सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीबाट खटिएको एपीएफ टोलीले शनिबार राति विभिन्न देशका मुद्रासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जिल्ला महाराजगंज ग्राम राजावारी घर बताउने गुड्डु गुप्ता छन् । सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेलको कमाण्डमा खटिएको एपीएफ टोलीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका ७ स्थित उजैनी चोकबाट उनलाई पक्राउ गरेको हो ।

foreign moneyनेपालबाट भारततर्फ जाँदै गरेका लु. १९ प १५७१ नम्बरको मोटरसाइकलमा सवार निज गुप्तालाई शंका लागि जाँच गर्नेक्रममा एपीएफ टोलीले विभिन्न देशका मुद्रा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।

निज गुप्ताको साथबाट एपीएफ टोलीले भारतीय रुपैयाँ ३ लाख ६ हजार ८ सय, अमेरीकी डलर २३ सय ८६, जापानी येन १ लाख १० हजार, युएई डलर २६ सय ३०, साउदी रियाल २४ सय ८५, कुवेती दिनार ६ सय, युरो ४ सय ७०, कतारी रियाल ६ सय ७१, हङकङ डलर ६ सय, थाई भाट ३ सय ९०, ओमन रियाल ३ सय १७ र नेपाली २ सय ३० रुपैयाँ बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला निज गुप्ताले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद मुद्रा तथा मोटरसाइकलसहित निज गुप्तालाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा बुझाएको छ ।


  •  
  •  
  •