एपीएफद्वारा करीव साँढे आठ लाख रुपैयाँको कुखुराको चल्ला बरामद

177
  •  
  •  
  •  

नवलपरासी – अवैध रुपले ल्याइएको करीव आठ लाख ४० हजार रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला आइतबार नवलपरासी जिल्लाको रामपुरुवा ७ स्थित वुलन्दपुरबाट एपीएफ टोलीले बरामद गरेको छ ।

एक सय पाँचवटा कार्टुनमा रहेको करीव १० हजार पाँच सयवटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद कुखुराको चल्ला स्थानीय पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय महानुभावको रोहबरमा नष्ट गरेको छ ।

हार्डवेयरका सामानसहित दुई जना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साबाट खटिएको एपीएफ टोलीले फागुन ९ गते पर्सा जिल्लाको बीरगन्जस्थित रजतजयन्ती चोकबाट हार्डवेयरका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको रक्शौल टुमडिया टोल घर बताउने ३५ वर्षिय ठग महतो र सोही ठाउँका ४० वर्षिय हरेन्द्र ठाकुर छन् ।

एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्ने क्रममा निजहरुले बयल गाडामा राखेर ल्याउँदै गरेको हार्डवेयरका सामान भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी परिमाणको पाइएपछि उनीहरुलाई उक्त सामानसहित पक्राउ गरिएको हो ।

त्यसवेला सामान ढुवानी गर्ने कार्यमा प्रयोग भएका दुईवटा बयल गाडा र चारवटा गोरु समेत बरामद गरिएको छ ।


  •  
  •  
  •