सशस्त्र प्रहरीद्वारा चार हजार कुखुराको चल्ला बरामद

245
  •  
  •  
  •  

रौतहट, २५ माघ (ओएनएस)  : सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटबाट खटिएको एपीएफ टोलीले माघ २५ गते ठूलो परिमाणमा बोइलर कुखुराको चल्ला बरामद गरेको छ ।

अवैध ढंगले नेपाल भित्र्याउन लागेको करीव चार हजार एक सयवटा बोइलर कुखुराको चल्ला रौतहट जिल्लाको सनरनिया गाविस १ स्थित सीमावर्ती क्षेत्रबाट एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद कुखुराको चल्ला स्थानीय पशु क्वारेन्टाइन कार्यालय तथा स्थानीय महानुभावहरुको रोहबरमा तत्काल नष्ट गरेको छ ।

साइकलमा राखेर ल्याउँदै गरेको कुखुराको चल्ला गस्तीमा रहेको एपीएफ टोलीले फेला पारेको थियो । त्यसवेला पाँच थान साइकल समेत बरामद गरिएको छ ।

कुखुराको चल्ला ल्याउँदै गरेको मानिस भने एपीएफ टोलीलाई टाढैबाट देखेर चल्ला र साइकल छाडी भागी फरार भएका थिए ।


  •  
  •  
  •