उद्वारमा सशस्त्र प्रहरी(फोटोफिचर)

153
  •  
  •  
  •  

काठमाडौं । देशभर मनुसन सकिएपछिको बाढीले जनधनको क्षति गराएको छ । झापा जिल्लाका बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो ।
यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको छ ।
यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
यस्तै उद्वारका लागि रेडक्रसकर्मी, नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी समयमै उद्धारमा खटिएका छन् ।

 


  •  
  •  
  •