सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि सुरु

232
  •  
  •  
  •  

APFकाठमाडौं, २४ कात्तिक (ओएनएस):  सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि सोमबारबाट सुरु भएको छ । सशस्त्रको प्रधान कार्यालय हल्चोकमा सुरु प्रतियोगिता कार्तिक २८ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, कराँते र तेक्वान्दोका खेलहरु समावेश छन् ।

प्रतियोगिताका सवै इभेन्ट्सका खेलहरु हल्चोमै संचालन हुनेछ । प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयसहित, महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी टिम गरी कूल सात टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्सतर्फ महिला ८ सय मिटर दौडमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सानुका थापा प्रथम, तारादेवी नेपाली द्वितिय र महानगरीय सशस्त्र प्रहरी कार्यालयका रञ्जना राई तृतीय भएका छन् ।

पुरुष ८ सय मिटरतर्फ बैद्यनाथ बाहिनीका डम्मरसिंह साउद प्रथम, मुक्तिनाथ बाहिनी पोखराका किरणसिंह बोगटी द्वितिय तथा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका राजिन श्रेष्ठ तृतीय भएका छन् ।


  •  
  •  
  •  

Comments are closed.