सशस्त्रका ३३ खेलाडीलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान

436
  •  
  •  
  •  

apfकाठमाडौँ, २४ पुस (ओएनएस) : सशस्त्र प्रहरी (एपीएफ) क्लबका विभिन्न विद्याका ३३ खेलाडीलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ पदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले आइतबार एक कार्यक्रमका बीच करांतेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ खेलाडीलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक तथा विभिन्न विद्याका खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान गरे ।

मिलन राई र शिक्षा श्रेष्ठ (व्याडमिन्टन), बसन्त रेग्मी र करुणा भण्डारी (क्रिकेट) ‘एपीएफ प्लेयर अफ दी इअर’ घोषित भएका छन् ।
यसैगरी, मनोज ठगुन्ना र उमा राई (ह्याण्डबल), पुरन राई र माला राई (बक्सिङ), विजय लामार अनु अधिकारी (कराँते), भरत बोहरा र अप्सरा कार्कीले (तेक्वान्दो) तर्फकोे अवार्ड प्राप्त गरेका छन् ।

यसैगरी, मंगलप्रसाद थारु र सुस्मिता तामाङ् (उसु), गोविन्द पार्की र कान्छीमाया कोजु (एथलेटिक्स), शिवसुन्दर गोठे र सेलिखा खड्की (टेवुल टेनिस) श्यामकृष्ण श्रेष्ठ (आईटीएफ टेक्वान्दो) र देविका खड्का (जुडोतर्र्फ) ‘एपीएफ प्लेयर अफ दी इअर’ घोषित भए ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले नेपाल एपीएफ क्लवको पुरुष फुटबल टिमलाई ५ वर्षका लागि १ करोड ११ लाख रुपैयाँको प्रायोजन सम्झौताका साथै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो क्लवका खेलाडीहरुलाई खेल पोशाक तथा ट्रयाकसुट उपलब्ध गराउने अग्नी ग्रुप काठमाडौंका डाइरेक्टर अर्जुन शर्मालाई कदर पत्र प्रदान गरे ।


  •  
  •  
  •