अपराध महाशाखाको प्रवक्तामा एसपी ढकाल

652
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : महानगरीय अपराध महाशाखाले प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) केदार ढकाललाई दिएको छ ।


तत्कालीन प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएपछि उनको स्थानमा ढकाललाई नियुक्त गरिएको हो ।

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले नागरिक र सञ्चारमाध्यमसँग सूचना प्रवाह तथा आदानप्रदानका लागि प्रवक्ताको जिम्मेवारी ढकाललाई दिइएको बताए ।


  •  
  •  
  •