अपांगतामैत्री पाठ्यक्रम सामाग्री हस्तान्तरण

123
  •  
  •  
  •  

काठमाडौं । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई अपांगतामैत्री तालिम पाठ्यक्रम सामाग्री हस्तान्तरण गरिएको छ ।

मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेँडाईले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिममा अपांगता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नका लागि अनुरोध गरिएको पत्र पढेर सुनाउँदै उक्त पत्रका साथ अपांगतामैत्री तालिम पाठ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

उनले अपांगता भएका व्यक्तिहरुसँग वृहत छलफल गरी आवश्यक सल्लाह सुझाव अनुरुप अपांगता मैत्री तालिम पाठ्यक्रम सामाग्री निर्माण गरिएको बताइन् ।

सोही क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा.विरेन्द्रराज पोखरेलले अपांगतामैत्री तालिम पाठ्यक्रममा समावेश गरिएका सामाग्रीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिमहरुमा समावेश गर्नको लागि आग्रह गरे ।

राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले यस्ता तालिमहरुमा अपांगता भएका व्यक्तिहरुका सवाल समावेश गर्ने र अपांगताको विषयमा जानकारी दिने कार्यक्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

त्यसै गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल अपांग मानव अधिकार केन्द्रले उपलब्ध गराएको अपांगतामैत्री तालिम पाठ्यक्रम सामाग्रीमा समावेश गरिएका अपांगता भएका व्यक्तिहरुका विषयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिममा समावेश गर्ने बताए ।

सोही क्रममा नेपाल अपांग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्ने क्रममा राष्ट्रिय न्यायिक प्रतिष्ठानका तत्कालिन कायम मुकायम कार्यकारी निर्देशक माननिय श्रीमान विनोद शर्माको संयोजकत्व, डि.एस.पि. प्रकाश मल्लको सह–संयोजकत्व तथा कानून विदहरु, अपांगता अधिकारकर्मीहरु सहितको कार्यदल बनाएर अपांगता मैत्री पाठ्य सामाग्री तालिम पाठ्यक्रम सामाग्री बनाइएको बताए ।


  •  
  •  
  •