राष्ट्रिय अपांग महासंघको अध्यक्षमा शर्मा

545
  •  
  •  
  •  

विराटनगर, २९ चैत(ओएनएस) : प्रदेश नं १ को विराटनगरमा हालै सम्पन्न राष्ट्रिय अपांग महासंघ नेपालको १९ औँ साधारणसभा तथा ८ औँ महाधिवेशनले मित्रलाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा रमेश लामा, महिला उपाध्यक्षमा रमा ढकाल, महासचिवमा राजु बस्नेत, सचिवमा भावुक जंग थापा, कोषाध्यक्षमा केदारप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा देवकुमारी पराजुली, चन्द्राकान्त पौडेल, नेहा कुमारी, ऋषि कुमार सिंह, रुपा रानी राई, पूरन तामाङ, रामरतन हरिजन, सुरेन्द्र खत्री, चिन्तामणी पौडेल, सुगम भट्टराई, सिता सुवेदी, रमेश पोखरेल, प्रतिमा लामा, कृष्ण गजुरेल, पिताम्वर लम्साल, मिना भूषाल, रविन कुमार मैनाली, दुर्गा रेग्मी र पराजुली, कृष्ण गौतम, मञ्जु खनाल, अञ्जना के.सी., शिव श्रेष्ठ, सत्यदेवी वाग्ले, कृष्णमाया अधिकारी, सन्तोष पन्त, रामकृष्ण बोगटी, सोनिका ढकाल, निर्मल कुमार श्रेष्ठ, उमा सुनार र वि.क., सञ्जय शर्मा, विष्णु कुमारी पौडेल, केशव देवकोटा निर्वाचित भएका छन् ।

त्यसै गरी अनुसासन समितिको संयोजकमा टेकनाथ न्यौपाने र अनुशासन आयोग सदस्यमा लोचना अधिकारी र कुमार पौडेल निर्वाचित भएका छन् ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदीले राष्ट्रिय अपांग महासंघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा नयाँ कार्यसमितिलाई साथ र सहयोग रहने बताए ।

यस्तै नवनिर्वाचित अध्यक्ष मित्रलाल शर्माले सधँै सबै प्रकारका अपांगता भएका व्यक्तिहरुको हक, हित र अधिकार स्थापित गर्नको लागि सबैको सल्लाह सुझाब अनुसार काम गर्ने प्रतिद्धता व्यक्त गरेका थिए ।


  •  
  •  
  •