पार्टीका सबै तहमा प्रतिनिधित्व सुनिश्चित गर्न अपांग संघकाे माग

519
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर(ओएनएस) । नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा अपांगताभएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।


संघका नेता, कार्यकर्ताले आईतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका छन् ।

संघले पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।

संघका अध्यक्ष भोजराज श्रेष्ठले संवैधानिक व्यवस्था अनुसार पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको बताए ।


  •  
  •  
  •