अपहरणमा परेकी बालिकाको उद्धार

426
  •  
  •  
  •  

रुपन्देही । प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट सोमबार साझ अपहरणमा परेकी ६ वर्षिय बालकालाई बुटवलको एक होटलबाट उद्धार गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेकबहादुर थापाकी छोरी ६ वर्षिय साबित्रीलाई अपहरण गरी बुटवल उपमहानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा उद्दार गरिएको हो ।

अपहरित सावित्रीलाई बुधबार बिहान साढे ७ बजे फेला पारी उद्दार गरिएको र अपहरणकारी जयराम दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अपहरणमा परेकी बालिकाको सकुशल उद्धार गरेको जनाएको छ ।


  •  
  •  
  •