कार्यालयतर्फ गइरहेका बेला मन्त्रीको अपहरण

328
  •  
  •  
  •  

काठमाडौं २ बैशाख (एजेन्सी) : अफगानिस्तानमा सार्वजनिक सेवा मन्त्रालयका उपमन्त्री अहमद शाह वाहिद राजधानी काबुलबाटै अपहरणमा परेका छन् । कार्यालयतर्फ गइरहँदा चार जना बन्दुधकारीले वाहिद चढेको कारमा गोली वर्षाउँदै उनलाई अपहरण गरेको अफगान आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ । 
घटनामा घाइते भएका वाहिदका चालकको उपचार भैरहेको छ । उपमन्त्री वाहिदको अपहरणलाई तालिवानसँग नजोडी आपराधिक मामिलाको घटनाका रुपमा हेरिने अफगान अधिकारीहरुले जनाएका छन् । 

  •  
  •  
  •