अपांगता सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन गर्ने प्रतिवद्धता

427
  •  
  •  
  •  

बर्दिया, ९ जेठ(ओएनएस) : अपांग पुनस्र्थापना केन्द्र बर्दियाको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशन नेपालको आर्थिक सहयोग र नेपाल अपांग मानव अधिकार केन्द्रको समन्वयमा बर्दियामा अपांगता भएका व्यक्तिहरुको सवाल र कानूनी व्यवस्था सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल अपांग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अपांगता भएका व्यक्तिहरुको सवाल र कानूनी व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बर्दिया गुलरिया नगरपालिकाका प्रमुख मुक्तिप्रसाद यादबले आफ्नो नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका सवालहरुलाई विशेष प्राथमिकता दिने बताए ।

कार्यक्रममा अपांगता भएका व्यक्तिहरुो शिक्षा, स्वासथ्य, यातायात, अपांगतामैत्री भौतिक संरचना निर्माण लगायतमा भएका ऐन कानून तथा नीति नियमको विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले नगरपालिकाबाट आवश्यक सेवा सुविधा प्रदान गरिने बताए ।

बर्दिया अपांग पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक दलबहादुर सुनारले स्थानीय निकायहरुले अपांगता भएका व्यक्तिहरुका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने र ती कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व तथा सहभागिता गराउनुपर्नेमा जोड दिए ।

नगरपालिलकाका उपप्रमुख शुशिला गिरी, बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम लगाएत उपस्थित भएका वडा अध्यक्षहरुले अपांगता सम्बन्धी बनेका नीतिगत कानूनी व्यवस्थाहरुलाई पूर्णरुपमा कार्यन्वयन गरी सेवा सुविधा उपलब्ध गराउने बताए ।

उनीहरुले अपांगता भएका व्यक्तिहरुका लागि पनि कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका थिए ।

बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा अपांगता भएका व्यक्तिहरु लगायतको सहभागिता थियो ।


  •  
  •  
  •