‘आप्पाको अमला’ बोलको गीत सार्वजनिक

196
  •  
  •  
  •  

काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘आप्पाको अमला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

रेनेशा वान्तवा राईको नृत्य निर्देशन रहेको गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत, मेलिना राई र एसडी योगीको स्वर रहेको छ ।

गीत सार्वजनिक सँगै निर्माण युनिटले नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन् ।
यसअघि २४ जेठमा प्रदर्शन हुने भनिएको फिल्म अब १३ असारबाट प्रदर्शनमा आउने छ ।
किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका छन् ।

रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । बाबु छोराको सम्बन्धको कथा बिषय बनाइएको फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

अनमोलको यो डेब्यु फिल्म हो । माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


  •  
  •  
  •