अनुत्तीर्ण विद्यार्थीलाई उत्तिर्ण गराएको भन्दै तालबन्दी

1133
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर(ओएनएस) । एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई उत्तिर्ण गराएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले बल्खुस्थित जनप्रकाशन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा सोमबार तालाबन्दी गरेका छन् ।

राजनीतिक दबाबमा परेर लिखित परिक्षामा पास भएका विद्यार्थीको नाम हटाइ फेल भएका विद्यार्थीलाई उत्तिर्ण गराएपछि तालाबन्दी गर्न बाध्य भएको जनप्रकाशन क्याम्पस स्ववियू सभापति पंकज सुवेदीले बताए ।
त्रिवि जनप्रशासन केन्द्रीय विभागले गएको मंगलबार निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश थिएन । तर, राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएकालाई हटाई समावेश गरिएको पाइएको सुवेदीको भनाइ छ ।
लिखितमा अनुत्तिर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने उनले बताए ।


  •  
  •  
  •