विराटको जन्मदिन मनाउन अहमदावाद पुगिन् अनुष्का

175
  •  
  •  
  •  

anushka-sharma-virat-kohli-party3काठमाडौ, १९ कात्तिक(एजेन्सी) : भारतीय क्रिकेटर विराट कोह्लीको आज २६ औ जन्मदिन हो । उनको यो जन्मदिन अन्य जन्मदिनभन्दा केही फरक र खास हुने अनुमान धेरैले पहिलेदेखी नै गरेका थिए । साच्चै नै आजको दिन विराटका लागि फरक र खास दिन हो । आज उनको साथमा उनकी प्रेमीका अनुष्का शर्मा रहनेछिन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूबीचको प्रेम सम्बन्ध निकै प्रगाढ हुँदै गएको र उनीहरू विवाह गर्ने अवस्थासम्म पुगिसकेको बताइन्छ । विराटको जन्मदिन मनाउनका लागि नायीका अनुष्का शर्मा अमहदावाद पुगेकी छिन् । विराट श्रींलका विरूद्धको खेलका लागि अमहदावादमा छन् ।

उनलाई जन्मदिनको शुभकामना तथा जन्मदिनको महत्वपूर्ण समयमा प्रेमीलाई खुसी राख्नका लागि उनी अहमदावाद पुगेकी हुन् । स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘अनुष्का मंगलबार अहमदावादको फ्लाइटमा बोर्ड गरिरहेकी थिइन् । उनी विराटसँग भेट्नेछिन्  र उनीसँग डिनर गर्नेछिन् । जन्मदिन मनाउने क्रम आज दिउँसोसम्म हुनेछ किनकी अर्को दिन विराटलाई श्रीलंकाविरूद्ध खेल खेल्नुपर्नेछ ।’

गत मे मा अनुष्काको २६ औ जन्मदिनमा विराट पनि भेट्नका लागि उदयपुर पुगेका थिए । त्यहाँ उनले पहिलो होम प्रोडक्सन चलचित्र ‘एनएच १०’ को शुटीङ गरिरहेकी थिइन् । अहिलेसम्म दुईजनाले सम्बन्धबारे केही खुलासा गरेका छैनन् । तर, मौका मिल्नासाथ भेटिहाल्ने गर्छन् ।


  •  
  •  
  •