अनुष्काले विराटसँग बिहे नगर्ने

105
  •  
  •  
  •  

चर्चित बलिउड नायिका अनुष्का शर्मा क्रिकेटर विराट कोहलीसँगको रोमान्सका कारण चर्चामा छिन्। फिल्म जब तक हे जानको सुटिङताका विराट उनलाई भेट्न सुटिङ सेटमै पुग्ने गरेका थिए। विराटले अनुष्कालाई सुटिङमा भेट्न गएपछि यी दुईको प्रेम निकै झाङ्गिएको थियो। फिल्म बैन्ड बाजा बारातको सुटिङका बेला रणवीर सिंहसँग उनी नजिकिएकी थिइन्। रणवीरले अर्की नायिका दीपिका पादुकोणसँग हिमचिम बढाएपछि अनुष्काको प्रेमजालमा पर्न सकेनन्। त्यसकारण अनुष्काले क्रिकेटर विराटसँग सम्बन्ध स्थापित गर्न लालयित भएको समाचारमा चर्चा गरिएको छ।

नायिका शर्मा केही समयअगाडि बीसीसीआईको म्याचका लागि विराटसँगै इंग्ल्यान्ड गएकी थिइन्। यी दुईले छिट्टै विवाह गर्ने सहमति भएको कुरा बीसीसीआईको म्यानेजमेन्टलाई बताएपछि एउटै होटलमा बस्ने अनुमति पाएका थिए। म्याचमा लज्जास्पद हारपश्चात् पनि यी दुईसँगै भारत फर्केका थिए। यी दुई पुरानै सम्बन्धमा फर्केको अनुमान भए पनि अनुष्काले एक अन्तर्वार्तामा विराटसँग आफ्नो बिहे हुन नसक्ने बताएकी छिन्। साथै उनले हल्ला पछाडि नलाग्नसमेत सबैलाई आग्रह गरेकी छिन्।


  •  
  •  
  •