कोह्लीले रन बनाउन नसकेको रिस अनुष्काको पोल्टोमा

380
  •  
  •  
  •  

काठमाडौ, १२ चैत(एजेन्सी) : विश्वकपको सेमिफाइनलमा भारतीय क्रिकेटका उपकप्तान विराट कोह्लीले मात्र १ रन बनाएर आउट भएपछि उनको खेल हेर्न पुगेकी नायीका अनुष्का शर्मामाथि रिस पोखिएको छ ।

अष्ट्रेलियाविरुद्धको महत्वपूर्ण खेलमा कोह्लीले मात्र १ रन बनाएर पेभेलियन फर्किएपछि खेल हेर्न पुगेकी अनुष्कामाथि विभिन्न तरिकाले प्रहार गरिएको छ । कोह्लीले उत्कृष्ट पारी खेल्ने अफेक्षा गरिरहेका भारतीय प्रशंसकहरूले कोह्लीलाई १ रनमा गुमाएपछि रिसजति अनुष्काको पोल्टामा थुपारेका छन् ।

भारतीय तथा नेपालीहरूले समेत उनको प्रशंसाका साथै आक्रोशका शब्दहरू सामाजिक सञ्जालमार्फत पोखेका छन् । भारतका विक्रान्त मलिकले ट्वीट गर्दै भनेका छन्, ‘तपाईले यस्तो किन गर्नुभयो । आखिर के पाउनुभयो सिड्नीमा पुगेर ?’

यस्तै, सञ्जीव ठाकुरले ट्वीट गर्दै भने, ‘अनुष्का, विराटको एक रन हेर्नका लागि सिड्नीसम्म आयौ…साँचो प्रेम’

कमाल आर खानले ट्वीट गरेका छन्, ‘म मानिसहरूसँग आग्रह गर्दछु की अनुष्का शर्माको चलचित्रको बहिष्कार गर्नुस्’

केही मानिसहरुले उनको बचाउमा समेत लागेका छन् ।

स्मिता देशमुखले ट्वीट गरेकी छिन्, ‘मलाई लाग्छ की अनुष्का जब भारत आउनेछिन् तब उनलाई राष्ट्रवादी क्रिकेट प्रेमीहरुबाट सुरक्षा दिन निकै गाह्रो पर्ने छ ।’

लेखक चेतन भगतले ट्वीट गरेका छन्, ‘यो निकै अफसोचजनक हो, यदी कुनै खेलाडी राम्रो खेल्दैन भने मानिस उसका साथीमाथि खनिन थाल्छन् । भावनामा बहनुस्, तर यस्तो भेदभाव नगर्नुस् ।’

बाबा अनिलले ट्वीट गर्दै भनेका छन्, ‘दाई भाउजुलाई भेट्न हिडे ।’

यस्तै, केही नेपालीहरूले गरेको ट्वीट यस्तो छः

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •