अनुष्का र विराट विवाह अघि नै एकसाथ बस्ने

271
  •  
  •  
  •  

virat-kohli-anushka-sharmaकाठमाडौ/मंसिर : रणवीर र कट्रिना कैफपछि अब विवाह नगरी नायीका अनुष्का शर्मा र भारतीय टोलीका स्टार ब्याटस्म्यान विराट कोह्ली एकसाथ बस्ने भएका छन् । उनीहरू लिव इन रिलेसनमा बस्न लागेको भारतीय सञ्चारमाध्मयहरुले जनाएका छन् ।

अहिलेसम्म विराट कोह्ली मुम्बई आऊँदा अनुष्काको घरमा बस्ने गर्थे । तर अब उनीहरूले मुम्बईमा मिलेर एक घर किन्ने र एकसाथ बस्ने निर्णय गरेको बताइएको छ ।

एकसाथ बस्नुका साथै अनुष्का र विराटले एक चलचित्रमा अभिनय पनि गर्ने समाचारहरू आएको थियो । तर, यस विषयको खण्डन गरिएको छ । प्रोडक्सन हाउस यश राज फिल्म्सले भारतीय क्रिकेटर विराट कोह्लीले आफ्नो चलचित्रको करिअर आफ्नी नायीका प्रेमीका अनुष्का शर्माबाट सुरूवात नगर्ने बताएको समाचारहरूमा जनाइएको छ ।

विराट र अनुष्का एकसाथ नदेखिने समाचार बाहिर आएपछि उनीहरुका प्रशंसक निराश भएका छन् । पहिले यश राज फिल्म्समा अनुष्काको साथमा विराट हुने समाचारहरू प्रकाशित भएका थिए । तर, प्रोडक्शन हाउसले आफूलाई विराटलाई चलचित्रमा सार्वजनिक गर्ने कुनै मनसाय नरहेको बताएको छ ।

यश राज फिल्म्सको आधिकारिक ट्विटरमा यश राजको आगामी चलचित्रमा अनुष्काको साथमा विराट नदेखीने जनाइएको छ । अनुष्काले सन् २००८ मा यश राज ब्यानरको चलचित्र ‘रब ने बना दी जोडी’ चलचित्रबाट आफ्नो बलिउड करिअर सुरूवात गरेकी थिइन् । ​


  •  
  •  
  •