अनुष्का र विराटको छचल्कियो प्रेम…(तस्विरसहित)

168
  •  
  •  
  •  

अनुष्का शर्मा र विराट कोह्ली सार्जनिक रूपमा सँगै देखिन थालेका छन् । प्राय उनीहरू अरूको नजरबाट भागेर डेट गर्ने गर्थे तर, अब भने उनीहरू निर्धक्क भएर सार्वजनिक स्थानमा जाने गर्न थालेका छन् ।

आइतबार यी दुई प्रेमी-प्रेमीका इण्डियन सुपर लिगमा पुणे फुटबल क्लब र गोवा फुटबल क्लबबीच भएको खेल हेर्न पुगेका थिए । यसपछि उनीहरू मुम्बईस्थित बान्द्रामा पुगेर डिनर साथमा गरेका थिए ।
भारतीय सञ्चारमाध्यमहरूले कयौ महिनादेखी दुवैको सम्बन्धको चर्चा गर्दै आएका थिए । तर, यी दुवैले उक्त सम्बन्धको बारेमा खुलेर केही भनेका थिएनन् । अनुष्काले विराटको बारेमा केही प्रश्न सोधिँदा घुमाएर अर्कै जवाफ उिने गर्थिन् । तर, पछिल्ला दिनका यीनीहरुको हर्कतले अब यी जोडीलाई कुनै पर्वाह नभएको देखिन्छ ।

यी दुवै जब बान्द्रामा देखिएका थिए, दुवै जना खुसी देखिएका थिए । यतिमात्र नभई दुवै एक साथ गाडीमा सँगै गएका थिए । यस क्रममा उनीहरूका प्रशंसकहरूले मोबाइलमा तस्विर समेत लिएको देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

anushka-sharma-virat-kohli-party
anushka-sharma-virat-kohli-party2
anushka-sharma-virat-kohli-party3 anushka-sharma-virat-kohli-party4 anushka-sharma-virat-kohli-party5


  •  
  •  
  •