विराट कोह्लीकी प्रेमीका अनुष्का एक्लै देखिइन्

380
  •  
  •  
  •  

anushka-nh-10काठमाडौ / माघ : बलिउड नायीका तथा क्रिकेटर विराट कोह्लीकी प्रेमीका अनुष्का शर्माको प्रोडक्सन हाउसको पहिलो चलचित्र ‘एनएच-१०’ को फस्ट लुक सार्वजनिक भएको छ । चलचित्र इरोज इन्टरनेशनल, फेटम फिल्म्स र क्लिन स्लेट फिल्म्सले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा अनुष्का शर्मा, नील भूपलम र दर्शन कुमारको मुख्य अभिनय रहेको छ ।

एनएच-१० हाई मिडिल क्लास कपल मीरा र अर्जुनको कथा हो । यी दुई विकेण्डका लागि निस्किन्छन् र मुस्किलमा फस्छन् । यसपछि एक महिलाले मुस्किलको सामना गरेको कथा चलचित्रमा देखाइएको बताइएको छ । आगामी मार्च ६ मा रिलिज हुने चलचित्रमा अनुष्काको मुख्य अभिनय रहेको छ ।

अमिर खानको चलचित्र पीके भन्दा अगाडि अनुष्का शर्माको चलचित्र ‘एनएस-१०’को ट्रेलर सार्वजनिक हुनुपर्ने थियो । तर, उक्त समयमा ट्रेलर सार्वजनिक हुन सकेन । चलचित्रको फस्ट लुक सार्वजनिक भएपछि ट्रेलर पनि चाँडै रिलिज हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुमा जनाइएको छ ।

तर, अहिले अनुष्का शर्माको चलचित्र ‘बम्बे भेलभेट’को चर्चा धेरै छ । यस चलचित्रमा रणवीर कपूरको साथमा मुख्य भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनी रोजी नामको भूमिकामा देखीएकी छिन् । बम्बे भेलभेटको पनि फस्ट लुक सार्वजनिक भइसकेको छ ।


  •  
  •  
  •