यो वर्ष कोह्ली र अनुष्काले विवाह गर्ने !

126
  •  
  •  
  •  

virat-kohli-anushka-sharmaकाठमाडौ/पुष(एजेन्सी) :  भारतीय टेष्ट क्रिकेट टोलीका कप्तान विराट कोह्ली र बलिउड नायीका अनुष्का शर्मा चाँडै नै विवाह बन्धनमा बाँधिने सम्भावना रहेको समाचारहरुमा जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यही वर्ष गर्मीको मौसममा विवाह गर्ने सम्भावना रहेको छ ।

सञ्चारमाध्मयहरुले यो भनाई विराट कोह्ली र अनुष्का शर्माका नजिकका मानिसबाट आएको जनाएका छन् । विराट र अनुष्का लामो समयदेखी डेट गरिरहेका छन् । सन् २०१४ मा दुवैबीच रहेको अफयेरको पुष्टी उक्त समयमा भएको जब उनीहरू अकल्याण्डमा हातमा हात राखेर हिडिरहेको फेला पारिरहेको छ । यसपछि नोभेम्बरमा हैदरावादको राजीव गान्धी स्टेडियममा श्रीलंकाविरूद्ध भएको खेलका क्रममा अर्धशतक प्रहार गरेपछि अनुष्कातर्फ ब्याट उचालेर किस गरेपछि उनीहरूबीच प्रेमसम्बन्ध रहेको खुलेको थियो ।

यतिमात्र नभई केही अन्तरवार्ताका क्रममा विराट र अनुष्काले पनि सञ्चारमाध्यमहरूको सामुन्ने एक-अर्काबीच डेट गरिरहेका छन् । उनीहरुले आफूहरूबीच जे देखिएको छ त्यो सबैलाई थाहा भएको बताएका थिए ।


  •  
  •  
  •